काठमाडौँ, २७ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् ।
राष्ट्रपति पौडेलले बुधबार राजीनामा स्वीकृत गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गौतमले गत मंसिर २४ गते राष्ट्रपतिलाई राजीनामा बुझाएपनि राष्ट्रपति कार्यालयले अध्ययनका लागि भन्दै होल्डमा राखेकोमा बुधबार भने स्वीकृत गरेको हो । यसैबीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोकेका छन् ।
प्रतिक्रिया दिनुहोस्