समाचार

काठमाडौँमा एक जना मृत अवस्थामा फेला



काठमाडौँ, २८ मंसिर । काठमाडौँमा एक जना मृत फेला परेका छन् । 

काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका-७ दक्षिणढोका डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१० घर भएका ४२ वर्षीय मनिष समाल मगर आफ्नै कोठा नजिकै रहेको भर्‍याङमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । 

यसैगरी काठमाडौँकै तार्केश्वर नगरपालिका-१ साङ्ला भत्केको पुल नजिक खुल्ला चौरमा नवजात शिशुको शव सडेगलेको अवस्थामा बुधबार फेला परेको छ । उता मोरङको सुनबर्सी नगरपालिका-६ झपडतल बस्ने ५५ वर्षीय बल बहादुर कार्की सोही ठाउँस्थित छिमेकीको घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । सब घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।