काठमाडौँ, २ पौष । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
अस्पतालका आफ्नै कर्मचारीले आइतवार अख्तियारमा पाँच बुँदे आरोपसहित उजुरी दर्ता गरेका हुन् । उजुरीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादु बस्नेतमाथि गम्भीर प्रश्नहरु सहित अस्पतालको आर्थिक, व्यवस्थापनकीय तथा अननियमितता भएको बारे उजुरीमा उल्लेख गरिएकोछ । आफ्नो कार्यकर्ता भर्ना गर्न मन्त्री वस्नेतको अघोषित रुपमा कर्मचारीलाई विना जानकारी दशैको चावडवर्पको अवसरमा समेत निकाला गरेको उजुरीमा संकेत गरिएको छ ।
उजुरीमा अस्पतालमा नियुक्त गरिएका १३ जना कर्मचारी समेत गैरकानुनी तरिकाले गरिएकाले सक्कल फाईल मगाई आवश्यक छानविन गर्न माग गरएको छ । विज्ञापनबाट कर्मचारी नियुक्त गर्दा लोकसेवाको प्रतिनिधि हुनुपर्नेमा मन्त्री बस्नेतले आफु निकटको व्यक्तिलाई प्रतिनिधि पठाई अन्तरवार्ता लिँदै मनोमानि गरेको भन्दै छानविन गर्न माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्