समाचार

काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने



काठमाडौँ, ४ पौष ।  नेपाल विद्युत् प्राधिकरणले आजदेखि चार दिन काठमाडौँका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

भूमिगत गर्ने कार्यका लागि विद्युत् सेवा अवरुद्ध गर्नु परेको प्राधिकरणले जनाएको हो ।  बुधबार (आज)  चपली तथा बूढानीलकण्ठ क्षेत्र, बिहीबार गोंगबु बसपार्क क्षेत्र, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । 

बिहान ९ः३० देखि दिउँसो २ बजेसम्प विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।