Banner News

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २४ करोड जम्मा



काठमाडौँ, ४ पौष । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा अहिलेसम्म २४ करोड ३८ लाख ११ हजार आठ सय ७८ रुपैयाँ जम्मा भएको छ ।

भूकम्पपछि सरकारले राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क लिमिटेड, नेपाल बैङ्क लिमिटेड लगायत ९ वटा बैङ्कको खातामा रकम जम्मा गरी आर्थिक सहयोग गर्न आह्वान गरेको थियो । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार बुद्ध एयरले एक करोड, भाटभटेनी सुपरमार्केटका साहु मीन बहादुर गुरुङले एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्कले एक करोड, ग्लोबल आइएई बैङ्कले एक करोड, सूर्या नेपाल प्रालिले एक करोड, क्यान सेन्टर पेमेन्ट रिलिज ए ले एक करोड बुझाएका छन् । यी लगायत विभिन्न व्यक्ति तथा संस्थाहरुले २४ करोड ३८ लाख ११ हजार आठ सय ७८ रुपैयाँ बुझाएका छन् ।