Banner News

माओवादीको विधान सम्मेलन फागुनको पहिलो साता



काठमाडौ ५ पुस । नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।बालुवाटारमा बसेको पदाधिकारी बैठकले विधान सम्मेलन गर्नको लागि विधान मस्यौदा समिति गठन गरेको छ ।
सो समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरीराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा साथै सचिवद्वय गणेश शाह र हितमान शाक्य छन् ।