Banner News

विद्युत प्राधिकरणले सस्तोमा भारतलाई बेच्न र महंगोमा किन्न लाईन काट्यो : नेता बाँस्कोटा



काठमाडौँ, १२ पौष । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद गोकुल बाँस्कोटाले नेपाल विद्युत प्राधिकरणले नक्कली नाफा देखाउन उद्योगको लार्यन काट्ने कार्य खेदजनक रहेको बताउनुभएको छ ।

२७ अर्ब रुपैंया उद्योगीबाट विद्युत महशुल उठाउन बाँकी रहेको भन्दै उद्योगको लाईन काट्ने कार्य गरिरहेको छ । प्राधिकरणले करिव ६० वटा उद्योगले विद्युत महशुल वुझाउन बाँकी रहेको उल्लेख गरेको छ । सोही प्रशंगलाई नेता बाँस्कोटाले उद्योगीले प्रयोग नै नगरेको विजुलीको पैसा असुल्न बाँकी देखाएर प्राधिकरणले लाइसेन्स वेच्ने, प्रसारण लाईन नबनाउने तथा सस्तोमा भारतलाई बेच्ने र महंगोमा किन्न यस्तो बहाना गरेको भन्दै आक्रोस जनाउनुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘उद्योगीले प्रयोग नै नगरेको बिजुलीको पैसा असुल्न बाँकी देखाएर विद्युत प्राधिकरणले नक्कली नाफा देखाउने गरेको, लाईसेन्स बेच्ने, प्रसारण लाईन नबनाउने, सस्तोमा भारतलाई बेच्ने महंगोमा किन्ने गरेको धेरै वर्ष भो । प्रयोग नगरेको डेडिकेटेड लाईनको पैसा नतिरेको आरोपमा उधोगको लाईन काट्ने काम खेदजनक छ ।’