काठमाडौँ, १३ पौष । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा तीन दिनको अन्तरालमा एकदेखि दुईजना बिरामीमा डेंगी संक्रमण पुष्टी भएको छ ।
यता वीर, टिचिङलगायत अस्पतालमा पनि फाट्टफुट्ट डेंगु का केस देखिइरहेका छन् । काठमाडौँको न्यूनतम तापक्रम ५ देखि ८ डिग्री सेल्सियसबीचमा रहँदा डेंगी सार्ने लामखुट्टे अझै किन सक्रिय रहेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार पछिल्लो चार वर्षयता कुनै पनि महिना डेंगी केस शून्यमा झरेको छैन । डेंगी संक्रममण सर्ने एडिस जातको लामखुट्टेको प्रजनन्का लागि १६ डिग्री सेल्सियस वा सोभन्दा माथिको तापक्रम उपयुक्त हुने किटजन्य रोग विशेषज्ञ उक्तम प्याकुरेल बताउँछन् ।
जाडोयाममा पनि लामखुट्टे फैलिनुमा १०० दिनको सिद्धान्त पनि लागु हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्