समाचार

६ जना जुवाडे पक्राउ



धादिङ, १३ पौष । धुनिवेशी नगरपालिका-६ धार्के बस्ने जिवन रेग्मीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।  

ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले सोही नगरपालिका-५ पुरानो धार्के बस्ने ४० वर्षीय विशाल मानन्धर समेत ६ जनालाई बिहीबार साँझ पक्राउ गरेको हो । 

उनीहरूलाई नगद ५७ हजार ८० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।