समाचार

ईस्वी संवतको नयाँ वर्ष शुरु



काठमाडौँ, १६ पौष । ईस्वी संवतको नयाँ वर्ष शुरु भएको छ । सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ शुरु भएको हो ।

यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।

ईस्वी संवतको नयाँ वर्षको अवसरमा विश्वका विभिन्न ठाउँसहित नेपालमा पनि विभिन्न कार्यक्रम भइरहेका छन् । विदेशी पर्यटकको भिडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा विशेष कार्यक्रम भएका छन् ।

हिजो बेलुका पनि यी ठाउँमा ‘न्यू इयर इभ’ का कार्यक्रम भएका थिए ।