राजनीति

बालकुमारी घटनामा मृतकका परिवारलाई रोजगारी पनि दिन सुझाव



काठमाडौँ, १६ पौष । कांग्रेस सांसद हृदयराम थानीले बालकुमारी घटनामा परी ज्यान गुमाएका परिवारलाई आर्थिक क्षतिपूर्तिसहित रोजगारीको बन्दोबस्त गर्न सुझाव दिएका छन् ।

आज राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा सांसद थानीले राहतका साथै रोजगारीको व्यवस्था गर्न सुझाव दिएका हुन् । 

‘बालकुमारी घटनामा मृतकका परिवारको आर्थिक अवस्था कमजोर छ । मृतकहरू कहाँ जाँदै थिए ? रोजगारीका लागि जाँदै थिए । आमा, बाबु, दिदीबहिनी पाल्नुपर्ने भनेर जान लागेका उनीहरूलाई दिइएको १०/२० लाख मासिन सक्छ,’ उनले सरकार र सम्बन्धित निकायले दिने राहत अपुग हुने बताए । 

‘उनका परिवारलाई तत्काल रोजगारीको व्यवस्था गरियोस् भन्ने कुरा गृहमन्त्रीलाई भन्न चाहन्छु’, सांसद थानीको भनाइ छ ।