Banner News

राष्ट्रियसभा सिट बाँडफाँटका लागि गठबन्धनले एमालेसंग पनि छलफल गर्ने



काठमाण्डौ,१८ पुस । राष्ट्रियसभाको सिट बाँडफाँटका लागि बालुलाटारमा पहिले सत्ता गठबन्धनको बैठक बस्ने । र, त्यसको लगतै एमालेसंग पनि सोही विषयमा छलफलको लागि बैठक बस्ने भएको छ ।राष्ट्रियसभाको सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।बिहान राष्ट्रियसभा निर्वाचनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका नेताहरूबीच छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखक सहभागी थिए ।

कांग्रेस नेता रमेश लेखकका अनुसार बैठकमा सत्ता गठबन्धनको बैठकपछि प्रमुख प्रतिपक्षी दल एमालेसँग पनि छलफल हुनेछ । सत्ता गठबन्धनको बैठक सकिएपछि साँझ ५ बजे बालुवाटारमै एमालेसँग छलफल हुने नेता लेखकले बताए । ११ माघमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।