काठमाडौँ, २२ पौष । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको सूचना रद्द गरिएको छ ।
गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना २१ पुसको निर्णय अनुसार रद्द गरिएको त्रिविले जानकारी दिएको छ । समितिले त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने योजनासहित दरखास्तको व्यहोरा राखेर विज्ञापन खोलेपछि चौतर्फी आलोचना भएको थियो । त्यसपछि प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्