अर्थ

तपस्वीबम्जन बसेको घरबाट ३ करोड बरामद



काठमाडौ २५ पुस । ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ ।

हात्तीगौंडा स्थित घरबाट ३ करोड भन्दा बढी नगद बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

बरामद नगद ५ सय र १ हजार दरका छन् । सिआइबीले अमेरिका, चीन र इन्डोनेसियालगायत मुलुकका केही मुद्रा पनि बरामद गरेको छ ।