राजनीति

दाङमा भएको बस दुर्घटनाप्रति देउवाद्वारा दुःख व्यक्त



काठमाडौँ, २८ पौष । दाङमा भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङको देउखुरीको राप्ती गाउँपालिका-१ भालुवाङ स्थित राप्ती नदीको पुलबाट खस्दा १२ जनाको मृत्यु भएको छ २२ जना घाइते भएका छन् । 

सभापति देउवाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । साथै, घाइतेहरूको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् ।