काठमाडौँ, २८ पौष । सहरी विकासमन्त्री सीता गुरुङले स्थानीय तहले राष्ट्रिय सहरी भवन संहिता कार्यान्वयन गर्न नसकेको बताएकी छन् ।
आज डिप्लोमा इन्जिनियर्स एसोसिएसनले ललितपुरमा भूकम्प दिवसको सेरोफेरोमा आयोजना गरेको प्रकोप प्रतिरोधी र भौतिक पूर्वाधार गुणस्तर विषयक अन्तरक्रियामा उनले स्थानीय तहले राष्ट्रिय सहरी भवन संहिता कार्यान्वयन नगरेको बताएकी हुन् ।
उनले सहरी विकास मन्त्रालयले राष्ट्रिय सहरी भवन संहिता निर्माण गरेर ७५३ वटै पालिकामा पठाए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन् । मन्त्री गुरुङले पालिकाहरूले प्राविधिकको कमीका कारण कार्यान्वयन गर्न नसकेको बताउने गरेको बताइन् । सकारले बनाएका नीतिनियम कार्यान्वयन गर्न स्रोतसाधनको व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्