काठमाडौँ, १ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विविरण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको छ । बैठक माघ ३ गते केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ । रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरिरहेको छ । विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको नेताहरूले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्