राजनीति

कृषि जैविक विविधता सप्ताह मनाइँदै



काठमाडौँ, २ माघ । ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा, संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ कृषि जैविक विविधता सप्ताह तथा दोस्रो राष्ट्रिय कृषि जैविक दिवस मनाइँदै छ ।

माघ १ गते देखि ७ गतेसम्म जारी रहने कृषि जैविक विविधता संरक्षण र दिगो उपयोगबारे जनचेतनामूलक देशभर विभिन्न कार्यक्रमगरी मनाइँदै छ ।

जैविक विविधतामा धनी भएता पनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेती प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण समग्र जैविक विविधता र खास गरी कृषि जैविक विविधताको ह्रासलाई तीव्र बनाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।