लुम्बिनी, ४ माघ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबीच बिहीबार भेटवार्ता भएको छ ।
लुम्बिनीस्थित चिनियाँ विहारमा भएको भेटवार्तामा बृहत्तर लुम्बिनी क्षेत्रका बिषयमा छलफल भएको छ । भेटमा जापानीज वास्तुविद् केञ्जे टांगेले निर्माण गरेको गुरुयोजनाको पूर्णता, चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा आउने वातावरण बनाउने र लुम्बिनीको विकास र संरक्षण प्रवर्द्धनकाे सहकार्यका बिषयमा छलफल भएको उपाध्यक्ष डा. लामाले बताए ।
राजदूत सोङ्गले गुरुयोजनाका सन्दर्भमा चासो राखेपछि उपाध्यक्ष डा.लामाले पूर्णता दिने तयारीमा जुटेको बताएका थिए । लुम्बिनीको गुरूयोजना पूरा हुनासाथ कपिलवस्तु र रामग्राम क्षेत्रको विकासका लागि गुरूयोजना बनाउने योजनामा रहेको समेत उपाध्यक्ष डा.लामाले बताए । उनले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सहकार्यका लागि आग्रह गरे। भेटमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य राजेश शाक्य, श्याम रोक्काको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्