राजनीति

दुर्गा प्रसाईंमाथि हातपात



पोखरा, ४ माघ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।

बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । 

उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।