राजनीति

मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, समर्थन फिर्ता



काठमाडौँ, ९ माघ । सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।

जनमत पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्दै मुख्यमन्त्री सरोज कुमार यादवलाई दिँदै आएको समर्थन समेत फिर्ता लिएको जनाएको छ । जनमत पार्टीका नेता चन्दन सिंहले सरकारलाई दिएको समर्थन फिर्तासँगै मन्त्रीहरुले पदबाट राजीनामा दिइसकेको जानकारी दिए । 

सत्ताको नेतृत्व गरेको दल जसपासँग विवाद उत्पन्न भएपछि जनमत सरकारबाट बाहिरिएको जनाइएको छ । यस्तै मधेस सरकारका अन्य कतिपय कामकारबाहीमा समेत जनमतले असन्तुष्टि पोख्दै आएको थियो । मधेसमा जनमतबाट २ मन्त्री र एक राज्यमन्त्री सरकारमा थिए । जनमतका मधेस प्रदेशमा १३ सांसद रहेका छन् भने समर्थन फिर्ता लिँदा पनि सरकारलाई भने तत्काल कुनै असर पर्ने देखिँदैन ।