काठमाडौ २३ माघ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने भएको छ ।
सोमबार र मंगलबार बसेको संसदीय दलको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
माओवादीका मुख्य सचेतक हितराज पाण्डेका अनुसार संसदीय दलको बैठकमा अधिकांशले राष्ट्रिय सभाको अध्यक्षमा पार्टीले उम्मेदवार खडा गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको उम्मेदवार हुनुपर्ने तर्कहरुसहित प्रस्तुत भएका छन्’ मुख्य सचेतक पाण्डेले भने, ‘अध्यक्ष प्रचण्डले सांसदहरुको भनाइमा समर्थन जनाउँदै सत्ता गठबन्धनमा रहेका अन्य दलहरुसँग छलफल गर्ने बताउनुभएको छ ।’
बैठकमा सांसदहरुले माओवादी राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल भएको भन्दै आलोपालो प्रधानमन्त्री गरेमा माओवादी केन्द्रको उपस्थिति संवैधानिक परिषदमा नरहने विषय स्मरण गरेका छन् ।
राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने निचोडमा पुगेता पनि औपचारिक निर्णय भने माओवादी केन्द्रले लिएको छैन । गत माघ ११ गते भएको राष्ट्रिय सभाको निर्वाचनबाट विजयी सबै सदस्यहरुलाई बधाइ दिने विषय भने संसदीय दलको औपचारिक निर्णयमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्