रौतहट, २५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटको गरुडामा १०१ किलोको माला लगाएर स्वागत गरिएको छ ।
एमाले रौतहटको १० औँ जिल्ला अधिवेशन उद्घाटनका लागि गरुडा आएका अध्यक्ष ओलीलाई १०१ किलोको मालाले स्वागत गरिएको हो ।
गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको १० औँ जिल्ला अधिवेशन हुँदैछ । अधिवेशनमा ओलीसँगै केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ लगायतको उपस्थिति रहेको छ ।










प्रतिक्रिया दिनुहोस्