राजनीति

कांग्रेसद्वारा स्थानीय व्यवस्थापन समिति विस्तार



काठमाडौँ, २९ माघ । नेपाली कांग्रेसले गोदावरीमा हुने महासमिति बैठकका लागि स्थानीय व्यवस्थापन उपसमितिमा १० जना सदस्यहरू मनोनीत गरेको छ ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको उपसमितिमा १० जना सदस्यहरूलाई मनोनीत गरिएको जानकारी दिए । केन्द्रीय कार्यालयका अनुसार व्यवस्थापन उपसमितिमा काठमाडौँका रोमेल श्रेष्ठ, गोविन्द पुडासैनी, इन्द्रबहादुर थापा, ललितपुरका लक्ष्मी महर्जन, वशिष्ठकुमार अधिकारी, सुन्दरमान थिङ र शुभानन् रत्न धाख्वा तथा भक्तपुरका राजेश खड्का, सुशील बस्नेत र यादवप्रसाद अधिकारी सदस्य रहेका छन् । 

कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदैछ । बैठकमा देशभरिबाट करिब २५ सय जना नेता कार्यकर्ताहरू सहभागी हुनेछन् । महासमिति बैठकका लागि कांग्रेसले विभिन्न चरणमा समिति र उपसमितिहरू गठन गरेर तयारी गरिरहेको छ । आइतबारसम्म करिब करिब सबै तयारी अन्तिम चरणमा पुगेको सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।