न्युयोर्क, १ फागुन । न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेसनमा सोमबार साँझ गोली चल्दा एकजनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएको एबीसी न्युजले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारीअनुसार अपराह्न करिब ४ः३० बजे गोली चलेको थियो ।
गोली लागेर घाइते भएका चार पुरुष र दुई महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घटनाबारे अनुसन्धान जारी छ । एएनआई
प्रतिक्रिया दिनुहोस्