राजनीति

रास्वपाको सहकारी र लघुवित्तको समस्या समाधानबारे प्रतिवेदन (पूर्णपाठ)



काठमाडौँ, १ फागुन । नेपालका सहकारी तथा लघुवित्त क्षेत्रमा वर्षौंदेखि विद्यमान समस्याहरु पछिल्लो समयमा झनै विकराल बन्दै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्त संस्थाहरुको समस्या समाधानका नीतिगत उपाय र योजनासहित को प्रतिवेदन तयार गरेको छ । 

पार्टीको २०८० मंसिरमा सम्पन्न जलेश्वर बैठकले डा. स्वर्णिम वाग्ले प्रमुख रहेको अर्थ नीति विभागलाई अध्ययन सम्पन्न गरी समाधानका उपायहरु सिफारिस गर्ने जिम्मेवारी दिए अनुरुप यो प्रतिवेदन तयार गरिएको हो ।