पर्वत, ७ फागुन । पर्वतमा व्यावसायिकरुपमा स्याउखेती सुरु गरिएको छ ।
जिल्लाको मोदी गाउँपालिका वडा नं ४ क्याङका छमबहादुर शेरपुजा ‘लाल’ ले गत वर्षदेखि व्यावसायिकरुपमा स्याउखेती सुरु गरेका हुन् ।
स्थानीय फलाटे र एकगैरेमा रहेको आफ्नो पाँच रोपनी जग्गामा एक सय वटा बिरुवा लगाएर स्याउखेती सुरु गरेका छन् । शेरपुजाले युट्युव च्यानलबाट स्याउखेतीसम्बन्धी विभिन्न जानकारी लिएर पहिलोपटक एग्रो मनाङ प्रालि काठमाडौँसँगको समन्वयमा इटलीबाट चार वटा फरकफरक जातका एक सय बिरुवा खरिद गरेर खेती सुरु गरेका हुन् ।
गत वर्षदेखि सुरु भएको स्याउखेतीमा अहिले तीन सय वटा बिरुवा पुगिसकेका छन् भने बिरुवा रोपेको पहिलो वर्षनै झण्डै ५० किलोग्राम स्याउ उत्पादन भएको कृषक शेरपुजाले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्