काठमाडौँ, ८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनको एकमात्र एजेण्डा एमालेको विरोध र बदनाम गर्नेमात्र रहेको बताएका छन् ।
आज एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन पूर्णत असफल भएको दाबी समेत गरे । उनले गत निर्वाचनपछि गठबन्धनको चरित्र बदल्न एमालेले पहल गरेपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इमानमा अड्न नसक्दा एमालेसँगको गठबन्धन भत्कन पुगेको बताए ।
उनले भने, ‘गठबन्धन राष्ट्रियताप्रति कमजोर, सुशासन प्रति कमजोर छ । विकासप्रति चासो छैन । चालु आयोजना बन्द छन् । अहिलेको गठबन्धनको उद्देश्य नेकपा एमालेको विरोध हो । एमालेलाई बदनाम गराउने एउटामात्रै गठबन्धनको एजेण्डा हो’ ‘जनतामा निराशा छ । नागरिकहरु विदेश पलायन भएका छन् ।’
प्रतिक्रिया दिनुहोस्