काठमाण्डौ,८ फागुन । नेपाल कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको प्रभावकारिता र कमजोरीमाथि खुलेर छलफल हुनुपर्ने बताएका छन् ।
ललितपुरको गोदाबरीमा जारी महासमिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै महामन्त्री शर्माले सरकारको प्रभावकारिता र कमजोरीमाथि खुलेर छलफल गर्नुपर्ने र कांग्रेसले सम्हालेका मन्त्रालयको प्रगति र कमजोरीको पनि समीक्षा गर्नुपर्ने बताएका हुन् ।
नेपाली समाजमा देखिएका असन्तुष्टि र पीडाको पहिचान यही समाजले बनाएको सबैभन्दा ठूलो दलको महासमिति बैठकले गर्नुपर्छ । त्यसलाई क्रमशस् समाधान गरेर जाने संकल्प र दृढता राख्नुपर्छ,ु उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । महामन्त्री शर्माले राजनीतिप्रतिको विकर्षण अन्त्य गरेर देशप्रति भरोसा वृद्धि गर्ने, छिमेकी मित्रराष्ट्रहरूसँग बृहत्तर सहकार्य गर्ने, पर्यावरण रक्षासहित भौतिक विकासमा जोड दिने र शिक्षा क्षेत्रमा सुधार गर्ने कार्यभार कांग्रेसको जिम्मेवारी रहेको बताए ।
महामन्त्री शर्माले लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको बताएका छन् । उनले भनेका छन्, ुसंघर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधाननै सबै चुनौती हल गर्दै मुलुकलाई समुन्नतीको उचाइमा पुर्याउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा कांग्रेस स्पष्ट छ ।ु
महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको बताएका छन् । ुपटक(पटकको संसद विघटन र संविधानको रक्षका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए । त्यो गठबन्धनबाट उपलब्धि हासिल भएको छ तर पनि असन्तुष्टि र चुनौती बढ्दै गएको देखिन्छ,ुउनले भनेका छन् ।










प्रतिक्रिया दिनुहोस्