समाचार

नौजना जुवाडे पक्राउ



काठमाडौँ, १३ फागुन । मकवानपुरमा नौजना जुवाडे पक्राउ परेका छन् ।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–५, चिसापानीस्थित शोभा कुईंकेलको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय राकेश शिवाकोटीसहित नौजना छन् । नगद ६७ हजार २८० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।