काठमाडौँ, १४ फागुन । सेती नदीमा माछा मार्न गएका एकजनाको शव फेला परेको छ ।
माछा मार्न गएका पाँचजनामध्ये ४० वर्षका मंगा तामाङको शव ढुंगामा अड्किएको अवस्थामा सशस्त्र प्रहरीले गएराति पौने १ बजे निकालेको हो । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।
पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता एकजनाको शव सशस्त्र प्रहरीले निकालेको छ । अर्का एकको खोजीकार्य जारी छ । ४३ वर्षका रक्सेस तामाङको गोताखोर र विपद् उद्दार टिमले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्