Banner News

वाइडबडी खरिद प्रकरणको छानबिन अन्तिम चरणमा : अख्तियार प्रमुख राई



काठमाडौँ, १५ फागुन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईले वाइडबडी खरिद प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको जानकारी गराएका छन् । 

आजको सार्वजनिक लेखा समितिको बैठकमा उनले अन्तर्राष्ट्रिय स्तरबाट सूचना ल्याउन गाह्रो भइरहेको सुनाए । उनले भने, “नेपाल एयरलाइन्सको वाइडबडी खरिद प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । अन्तर्राष्ट्रिय स्तरबाट सूचना ल्याउन गाह्रो भइरहेको छ,” “डिलिङ नेपाल भित्रभन्दा बाहिर हुन थाल्यो, त्यसैले सूचना बाहिर बढी छ ।” उनले सेक्युरिटी प्रेसको टेप प्रकरणको पनि अनुसन्धान भइरहेको बताए ।