काठमाण्डौ २९ फागुन । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।
मंगलबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले दिल खोलेरै विश्वासको मत नदिँदा कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्ने खतरा रहेको वताए ।
प्रधानमन्त्री प्रचण्डजीले अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभयो । त्यसैले हामीले दिल खोलेर विश्वासको मत दिनुपर्छ उनले भने,नत्र संविधानको धारा ७६ को उपधारा ३ अनुसार कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्न सक्छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत नपाए मुलुक ठूलो दुर्घटनामा जाने पनि बताए । ‘हामीसँग विकल्प थिए । तरयतिबेला कुनै विकल्प छैन । उनले भने, ुविकल्प भनेको प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ कि त संविधानको धारा ७६ को उपधारा ३ अनुसार कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्नसक्छ ।
12 March 2024 16:57 PM









प्रतिक्रिया दिनुहोस्