राजनीति

अहिले मुलुकमा विश्वासको खडेरी छ : महामन्त्री शर्मा



काठमाडौँ, ३० फागुन । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको विश्वासको खडेरी रहेको बताएका छन् ।

आज संसदमा प्रधानमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि बोल्दै महामन्त्री शर्माले विश्वास धरापमा रहेको बताए । 

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी विश्वासको मतका लागि अपिल गर्नुभएको छ । राज्यको नेतृत्वप्रति रोटी, सुरक्षा र विश्वास नागरिकको अपेक्षामा हुन्छ । दुई वटा मात्र भए के भन्दा सुरक्षा र विश्वास राज्यले व्यवस्था गर् यो भने रोटीको प्रबन्ध नागरिकले आफैँले गर्छ । राज्यले केबल विश्वास मात्र दियो भने सुरक्षा र रोटीको व्यवस्था आफैँले गर्छ’ ।

आज हाम्रो देशमा सबैभन्दा धरापमा यही विश्वास रहेको उनको भनाइ छ । ‘प्रशासनमा गएको नागरिक प्रशासकप्रति विश्वस्त भएर जाँदैन । केही आशङ्का बोकेर जान्छ । अस्पताल जाँदै गरेको नागरिक डाक्डरप्रति विश्वास नगरेर गइरहेको देखिन्छ । नागरिकलाई सबैप्रति विश्वास छैन,’ उनले भने ।