काठमाण्डौ, १ चैत्र । संघीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधिसभामा पेस भएको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गरेका हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री जोशीले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्था अनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन ऐन जारी गर्नुपर्ने आवश्यकता रहेको बताए ।
त्यस्तै, प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गरि गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । उनले निजामती कर्मचारीलाई राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, समावेशी, व्यवसायिक, सहभागितामूलक र उच्च मनोबलयुक्त बनाउनुपर्ने बताए ।
मन्त्री जोशीले निर्माणमुखी सामग्री ९व्यवस्थापन तथा नियमन० विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि संसदमा पेस गरेका थिए । उक्त विधेयकमाथि बैठकमा सैद्धान्तिक छलफल सुरु भएको छ ।










प्रतिक्रिया दिनुहोस्