Banner News

प्रधानमन्त्रीको कर्मचारीहरुलाई निर्देशनः नडराई काम गर्नुहोस



काठमाडौ १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवहरुलाई कसैको भय वा त्रासमा नपरी कानूनबमोजिम काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले सचिवहरुको छलफलमा भने– ‘कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नुहोला, कानूनबमोजिम काम गर्न डराउनुपर्दैन । असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कहींकतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु ।
उनले आफूमा नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताए । प्रधानमन्त्रीले राजनीति र प्रशासक सरकारका अभिन्न अंग भएकाले थप जोसका साथ काम गर्न आग्रह समेत गरे ।
उनले भने, ‘म आफू पनि राष्ट्र र कानूनविपरीतको कुनै पनि काम गर्दिनँ र तपाईंहरू पनि यस्तो कार्यमा लाग्नु हुनेछैन भन्ने मैले विश्वास लिएको छु । जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह गर्नुपर्नेमा हामीले जोड दिनुपर्छ ।