समाचार

अब सवारी साधनको इजाजत अनलाइनबाट



काठमाडौँ, १३ चैत । सडकमा गुड्ने सार्वजनिक सवारी साधनलाई  बाटो इजाजत अब सेवाग्राहीले घरमा बसीबसी टिएमाईएस बागमती एप डाउनलोड गरी मोबाइलको सहायताले सेवा लिन सकिने छ  । बाटो इजाजत पत्र लिनलाई सेवाग्राहीले घन्टौँ कार्यालयमा बसेर समय खर्च गर्न नपर्ने श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ  । 

यो प्रणाली हाललाई बागमती प्रदेशमा मात्र लागू भएको छ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्षमण लम्साल भने -‘हामीलाई अपर्झट सार्वजनिक साधन लिएर कतै जानू पर्ने अवस्था सृजना हुन सक्छ यस्तो अवस्थामा हामी अब आफ्नो मोबाइलबाट अस्थायी पास (पटके) लिएर आफ्नो भाडाकाे साधन लिएर जान  सक्छौ । केन्द्रीय सरकारसँग चार महिनाको अथक प्रयास पछि हामी यो प्रविधि भित्र्याउन सफल भएका छौँ ।’