समाचार

गोली हानी हत्या गर्ने पक्राउ



काठमाडौँ, १४ चैत । रुपन्देहीमा १८ वर्ष अघि छिमेकीको गोली हानी हत्या  गरी फरार रहेका एक व्यातिलाई प्रहरीले पक्राउ गरेको छ । 

रुपन्देही प्रहरीका अनुसार खोजी सूचीमा रहेका तिलोत्तमा नगरपालिका निवासी रामपृत मल्लाहलाई सुनौली नाकाबाट पक्राउ गरेको हो । उनीमाथि  स्थानीय जङ्गबहादुर यादवको २०६२ पुस २५ गते भएको गोली हानी  हत्या गरेको  आरोप छ ।

मल्लाहलाई भारतको सुनौली नाकाबाट नेपाल आउँदै गर्दा  सिद्धार्थनगर नपा १ बेलहियाबाट पक्राउ गरेको हो । यादवको हत्यापछि पीडित पक्षले मल्लाहविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि अभियुक्त फरार भएका थिए । उनीमाथि अदालतद्वारा पक्राउ पुर्जीसमेत जारी भएको थियो ।