काठमाडौँ, १४ चैत । सार्वजनिक खरिद अनुगमन कार्यालयले केही कम्पनीलाई कालोसूचीमा राखेको छ ।
तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ । कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।











प्रतिक्रिया दिनुहोस्