राजनीति

कांग्रेसका आदिवासी जनजाति विभागमा १० सदस्य मनोनीत



काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसको पार्टीको आदिवासी जनजाति विभागमा सदस्य मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको उक्त विभागमा १० जना सदस्य मनोनीत गरेका हुन् ।

मनोनीत हुनेमा नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्दसन्तोषी राई, आङपासाङ शेर्पा, दोलखा, चन्द्रकुमार आङ्दम्वे, सलाम सिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ र कृष्ण घिसिङ रहेका छन् ।

सभापति देउवाले गत भदौ १६ मा पाख्रिनलाई विभागीय प्रमुखको जिम्मेवारी दिएका थिए । उक्त विभागमा ७ महिनापछि १० जना सदस्य मनोनीत भएका छन् । कांग्रेसको विधानमा विभाग ५१ सदस्यीय रहने व्यवस्था छ ।