काठमाडौँ, १७ चैत । मुग्लिङ चितवन सडक खण्डमा ट्याक्सी त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन ।
इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार आज बिहान बा२ज ४१ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना-५ शिमलधाराबाट त्रिशूली नदीमा खसेको हो ।
ट्याक्सीमा पाँच जना सवार रहेको र अन्य ४ जना बेपत्ता रहेको प्रहरीको भनाइ छ । मृतक पुरुष हुन् । उनको परिचय खुल्न सकेको छैन । बेपत्ताको खोजीको लागि गोताखोर टोली परिचालन गर्ने तयारी भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्