काठमाडौँ, १८ चैत । दुर्गा प्रसाईंले राज्य अहिले आफ्नो हतियारमा भुलेको बताएका छन् ।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले सर्वोच्च अदालत परिसरबाट आफ्नो अंगरक्षकलाई प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरेको विषय सर्वोच्चको आदेशबाटै पुष्टि भएको प्रतिक्रिया दिए ।
उनले भने, ‘झापा जिल्ला प्रशासनको सिफारिसमा गृह मन्त्रालयको सुरक्षा समितिको बैठकले मलाई हतियार दिने भनेर निर्णय गरेको हो । गृह मन्त्रालयले मन्त्रीस्तरको निर्णय गरेर वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई चिठी लेखेको थियो । त्यो चिठीको आधारमा हामीले हतियार मगाएका हौँ’, ‘त्यो चिठीको आधारमा हामीले लाइसेन्स पनि पाएका हौँ । अहिले राज्य मेरो हतियारमा भुलेको छ ।’










प्रतिक्रिया दिनुहोस्