राजनीति

न्यायाधीश थापाविरुद्ध न्याय परिषदमा उजुरी



काठमाडौँ, १९ चैत । उच्च अदालत डोटिका न्यायाधीस शान्ति सिंह  थापाविरुद्ध पीडित परिवारले न्याय परिषदमा उजुरी दिएका छन् ।

उच्च अदालत डोटिका न्यायाधीश थापाको पूर्वाग्रही र अन्यायपूर्ण व्यवहारले हामी पीडितलाई आलो घाउमा नुन छर्किए जसरी प्रताडित बनाएको भन्दै मृतकका दाजु डम्बर बहादुर शाहीले न्यायाधीश  थापाविरुद्ध  न्याय परिषदमा उजुरी दिएका छन् । २०७९ साल जेठ १७ गते अपराधीक समुहले  १५ वर्षीय विनोद शाहीलाई अपहरण गरी हत्या गरेका थिए । उक्त मुद्दामा अहिले १० जना विरुद्ध जिल्ला अदालत अछाममा मुद्दा चलिरहेको छ । १० जना मध्य हाल ५ जना पुर्पक्षका लागि थुनामा छन् । ३ जना फरार र २ जनालाई धरौटीमा राखेर मुद्दा चलिरहेको छ ।

धरौटीमा मुद्दा चलाइएका २ जनामध्य एकजना दानमती शाहीलाई जिल्ला अदालत अछामले पुर्पक्षका लागि थुनामा राख्ने आदेशका विरुद्ध मिती २०८० फागुन ९ गते प्रतिबादीका तर्फबाट दिपायल उच्च अदालतमा मुद्दा दर्ता भई फागुन २४ गते अछाम जिल्ला अदालतको निर्णय बदर गरी मुद्दा दर्ता भएको १४ दिनमै दिपायल उच्च अदालतले प्रतिवादी दानमती शाहीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

उजुरीमा भनिएको छ, ‘मुख्य न्यायाधीशज्यूको सेटिङ्गमा वादी तथा पीडितको तर्फबाट बहस नै गर्न नदिने र प्रतिवादीको मात्रै एकपक्षीय बहस हुने वातावरण मिलाईएको प्रष्ट देखियो । यो भन्दा पहिले अरु प्रतिवादीको हकमा तल्लो अदालतको आदेश र मिसील झिकाउने गरीएकोमा यसमा त्यो पनि नगरी एकपक्षीय आदेश भएको देख्दा राजनीतिक दभाव, शक्तिकेन्द्रको प्रभाव, पैसाको चलखेलमा परेर हामी माथि अन्याय भएको माननीय मुख्य न्यायाधीश शान्तिसिंह थापाको व्यवहारबाट स्पष्ट हुन्छ ।’

यस्तो छ उजुरी,