राजनीति

कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकले इलाम-२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने उनले बताए ।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीलगायतका उम्मेदवारी तयार गरी घरदैलो कार्यक्रम शुरु गरिसकेका छन् ।