काठमाडौँ, १९ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ ।
बजेट तथा कार्यक्रमका लागि मन्त्रालयले सबैसँग सुझाव समेत मागेको छ । विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव दिन मन्त्रालयले भनेको छ । बजेट निर्माणका लागि मन्त्री र कर्मचारीहरु व्यस्त हुने भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले गत शुक्रबार सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।











प्रतिक्रिया दिनुहोस्