काठमाडौँ, १९ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३१ हजार ६ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३० हजार ९५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्