काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले श्रम मन्त्रालयले रुसको श्रम स्वीकृति दिएकोमा प्रश्न उठाएका छन् ।
आज प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले मानव तस्करलाई अनुकूल हुने गरी किन श्रम स्वीकृति दिइएको आरोप लगाए । उनले भने, ‘यतिबेला श्रम मन्त्रालये श्रम स्वीकृति किन दियो ?,’ ‘मानव तस्करलाई अनुकूल हुने गरी किन दियो ? यसभित्र गम्भीर स्वार्थ लुकेको देखेका छौँ ।’ यस्तै उनले रुसी सेनामा रहेका नेपालीहरुको उद्दारमा सरकारले पहल नगरेको बताए । रुसी सेनामा कति संख्यामा नेपाली छन् भन्ने समेत सरकारलाई थाहा नभएको उनको भनाइ छ ।
‘नेपालीहरु रुसी सेनामा छन् भन्ने सरकारलाई थाहा छ । तर कति संख्यामा छन् ? उनको अवस्था के छ ? आफन्तहरु कसरी बासिरहेका छन् भन्नेमा सरकार बेखबर छ,’ उनले भने, ‘बेखबर मात्र होइन, सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन ।’
पीडित परिवार र उनीहरुसँग काम गरको स्वयंसेवीहरुसँग रुसी सेनामा ७ सय भन्दा बढी नेपाली रहेको तथ्यांक रहेको सुनाए ।










प्रतिक्रिया दिनुहोस्