समाचार

६ किलो चरेशसहित एक महिला पक्राउ



काठमाडौँ, १९ चैत । ६ किलो चरेशसहित एक महिलालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलका अनुसार बर्दियाको बढैयाताल गाँउपालिका–२ स्थित नेपाल भारत सीमा क्षेत्रबाट ६ किलो चरेशसहित ४५ वर्षीया आशा राईलाई पक्राउ गरेको हो ।

दाङको लमही नगरपालिका–१ बस्ने राई चरेश बोकेर नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा बर्दियाको फुटाहास्थित बोर्डर आउट पोस्ट (बीओपी) ले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

१२ वटा ठूलो प्याकेटभित्र स–साना २२ वटा प्याकेट बनाई शरीरमा बाँधेर भारततर्फ जाँदै गर्दा शंका लागि जाँच गर्दा चरेश भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ । पक्राउ परेकी राईलाई बरामद चरेशसहित आवश्यक कारवाहीको लागि सशस्त्र प्रहरी बलले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।