राजनीति

माओवादी नेता काठमाडौँबाट पक्राउ



काठमाडौँ, २० चैत । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको हो । 

हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ । उनी लामो समयदेखि श्रेष्ठको हत्या कसूरमा फरार रहँदै आएका थिए । सो प्रकरणमा यसअघि पक्राउ परेका लडाकु कमाण्डर गोविन्दबहादुर बटाला पछि रिहा भएका थिए ।