एजेन्सी, २४ चैत । अमेरिकाको न्यूयोर्क र पूर्वी तट आसपासका शहरमा भूकम्पको धक्का महसुस गरिएको छ ।
लेबनान, न्यूजर्सी नजिकै ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको र पेन्सिलभेनियादेखि कनेक्टिकटसम्म महसुस गरिएको बीबीसीले जनाएको छ ।
ठूलो क्षति नभएपनि जमिन हल्लिंदा पूर्वाधारमा हुन सक्ने क्षतिबारेको मूल्याङ्कन भैरहेको स्थानिय अधिकारीले बताएका खबरमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्